Ads

सभामुखलाई सीआईबीको पत्र : विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको खुलेपछि यसअघि विनोदका भाइ अरुणलाई सीआईबीले पक्राउ गरेको थियो । पछि अदालतले उनलाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने आदेश गरेपछि उनी थुनामुक्त भएको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू