Ads

२०८० चैत्र ८ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केहि संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केहि बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भएपनि तत्काल

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)खर्च लागेपनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाई टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू