Ads

बयानलगत्तै विनोद चौधरी विदेश उडे


काठमाडाैँ ।  विवादास्पद उद्योगी तथा नेपाली काँग्रेसका सभासद विनोद चौधरी श्रीलंका गएका छन् ।

बाँसबारी जग्गा  हिनामिना प्रकरणमा सीआईबीलाई बयान दिएलगत्तै आज दिउँसो उनी श्रीलंकाको राजधानी कोलम्बो उडेका हुन् ।

चौधरीले बिहान सिआइबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । दिउँसो २ बजे श्रीलंकन एयरको युएल १८२ उडानमा उनी कोलम्बो प्रस्थान गरेको बताइएको छ ।

चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ । तर, आज बयान दिएर फर्किएपछि उनले उक्त आरोप अस्वीकार गर्दै अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरे ।

गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै उनले ‘स्टन्ट’ गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक नभए पनि प्रहरीले बोलाएकाले बयान दिन गएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू