Ads

२५ डिएसपीको काज सरुवा (सूची)


काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरू (डिएसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरुको पनि सरुवा गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर सरुवा गरेको छ ।

म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ । सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ ।

त्यस्तै दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ । एक वर्षमा हुनुपर्ने प्रहरी अधिकृतहरुको सरुवा १८ महिनादेखि हुन सकेको छैन् । निर्वाचनको पूर्वसन्ध्यामा काज सरुवा गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू