Ads

प्रधानमन्त्रीसँगको भेटपछि ओलीको प्रतिक्रिया– राम्रो कुराकानी भयो


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच शुक्रबार सिंहदरबारमा भेट भएको हो ।

भेटपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको प्रतिक्रिया दिएका छन् । “प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो,” ओलीले भेटपछि सञ्चारकर्मीसँग भने ।

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि सहभागी गराउने निर्णय गरेको थियो। सो बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो।

Ads

सम्बन्धित पोष्टहरू