काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गरेका छन् ।
बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद बडू, शेरबहादुर केसी, चित्रबहादुर केसी, सूर्यमान दोङ, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद पाण्डेलगायतले लामो समयको अन्तरालपछि शिक्षा विधेयक आएकाले यसलाई अधिकतम्रूपमा कामयाबी बनाउन सुझाव दिए ।समितिको सभापितमा अमरबहादुर थापाको चयन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठको नियुक्तिपछि विधेयकमाथि पहिलोपटक छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्