मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नसोचेको काम बन्ने दिन छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ भने मिष्ठान्न भोजनको अवसर आउला । मित्रजनसँग रमाइलो पनि भेटघाट हुने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतीपूर्ण दिन छ । कुनै पनि महत्वपूर्ण काममा फुकी-फकी पाइला चाल्नु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग भएकोले सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विवेकको सही प्रयोग भइ चिताएको काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने र आयआर्जन हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । यात्रागत कार्य सफल होला । आश मारेको रकम उठ्न सक्ने योग छ । मनमा कता कता हर्ष छाउला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आयबल बढ्ने र मित्रजनको साथ मिल्ने समय छ । घरमा पाहुना आगमन हुनसक्छ । धनलाभ होला, साथै रमाइलो यात्राको पनि योग रहेको छ । तथापि, आज टाढाको यात्रा र लेनदेको काम नगर्नु वेश हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय त्यति शुभदायी नरहेकोले विशेष सावधानीका साथ व्यवहार गर्नुहोला । स्वास्थ्यका लागि खानामा ध्यान राख्नुपर्नेछ । अनावश्यक रुपले धनको नाश हुन सक्छ । दाम्पत्य सम्बन्ध वा प्रेममा पनि धोका हुन सक्ने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्य वृद्धि हुनेछ । आजको दिन मन हर्षित रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आहारविहारमा भने विशेष सतर्क रहनु हितकर हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । अध्ययन-अध्यापनका सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । आफन्तजनसँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): साझेदारीको काम बन्ने समय छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । काम गर्नमा जाँगर थपिने देखिन्छ । पारिवारिक सुख मिल्ने र धनार्जन हुने योग छ । ब्यापारमा पनि फाइदा नै हुने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्ति भने त्यति सहज नहोला । ब्यर्थै समयको नाश हुने र खर्च बढ्ने योग रहेकोले सोचेर मात्र काममा पाइला बढाउनु हितकर होला । मनमा उदासिन्ता बढ्ने र काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनु हितकर होला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर मनमा भने दुविधा उत्पन्न हुन सक्ने दिन छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रेम र मित्रताको बन्धन कसिने समय छ ।विभिन्न सहयोग र उपहार पाइएला । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । व्यस्तता र आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्