Ads

एआईजी बढुवा विवाद : सिफारिस समितिलाई लोकसेवा आयोगको पत्र


काठमाडौं । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकोबारे लोकसेवा आयोगले जवाफ मागेको छ ।

बढुवा सिफारिस गर्ने निर्णय बिरुद्ध लोकसेवा आयोगमा परेको उजुरी सुनुवाइका लागी बढुवा समितिसँग जवाफ मागिएको आयोगकले जानकारी दिएको छ । तीन जनाको बढुवा निर्णयविरुद्ध डीआइजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले आयोगमा उजुरी दिएका थिए ।

चैत १ मा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा परेका अधिकृत आफुहरुभन्दा जुनियर रहेको भन्दै उजुरीकर्ताले सो निर्णय बदर गर्न माग गदै आयोगमा उजुरी दिएका थिए ।

बढुवा समितिबाट जवाफ आएपछि उजुरी सुनुवाई समितिको बैठक बसेर त्यसबारे निर्णय गरिने लोकसेवा आयोगले जनाएको छ । बढुवा सिफारिसमा छुटाइएका अर्याल मेरिट लिस्टको एक नम्बरमा रहेका बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू