Ads

`बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक´ अवार्ड शाइन रेशुंगाले फेरी जित्यो


काठमाडौं । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ ।

न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२४ मा शाइन रेशुंगाले उत्कृष्ट व्यवस्थापन गरेवापत यो उपाधि जितेको हो । बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि बैंकका तर्फबाट संसाधन व्यवस्थापन अफिसर नम्रता थापाले ग्रहण गरेकी हुन् ।

सन् २०२२ मा पनि बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको शाइन रेशुंगाले गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्डसमेत जितेको थियो ।

यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति, शेयरधनी, कर्मचारी, बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको अध्यक्ष थानेश्वर पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’ पौडेलले भने ।

अन्य विधातर्फ बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले, बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले, बेष्ट फाइनान्स कम्पनी अफ दि इयर अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेडले, बेष्ट कमर्शियल बैंक सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अवार्ड कृषि विकास बैंकले जितेको छ ।
यसैगरी बेष्ट कमर्शियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अवार्ड एनएमबि बैंक, बेष्ट म्यानेज्ड कमर्शियल बैंक अफ दि इयर अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, प्रिमियर होटल अफ दि इयर अवार्ड सोल्टी होटल लिमिटेड र ‘आउटस्ट्यान्डिङ हस्पिटल अफ दि इयर अवार्ड हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी ह्याम्स र बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर अवार्ड नेशनल हेल्थकेयर प्रालिले पाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू