काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।
विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसागै रमेका छन् ।
होली पर्व आज देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ ।
तराई–मधेशमा भने सोमवार होली परेको छ । होलीमा उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि प्रहरीले चेकिङ गरिहेको छ ।



प्रतिक्रिया दिनुहोस्