काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक सुरु भएको छ । बैठक दुई दिन चल्नेछ ।
एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डामा पार्टीका विभागलाई पूर्णता, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव छन् ।
त्यसको साथै बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्