Ads

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीद्धारा सम्बोधन,११ वटा एजेण्डा


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । दुई दिनसम्म चल्ने बैठक कार्की ब्याङ्केट बबरमहलमा जारी छ । बैठकमा ११ वटा एजेण्डामा छलफल हुनेछ ।

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । लगत्तै उहाँले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभयो ।

पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीका विभागहरुको गठन देखि स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया आदि एजेण्डा  रहेका छन् ।

 बैठकका कार्यसूची
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध

Ads

सम्बन्धित पोष्टहरू