काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा नेकपा एमालेको विजयको आधार सुदृढ रहेको बताउनु भएको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिबेदन प्रस्तुत गर्दै उहाँले भन्नुभएको छ – त्यस्ता आधारलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी छ ।
पाँच दलीय गठबन्धनका कारण पार्टीलाई अप्ठेरो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिए पनि गठबन्धन सामर्थ्यको प्रतीक नभएर कमजोरीको द्योतक रहेको प्रतिबेदनमा उल्लेख छ ।
प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ- गत निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियौँ । अहिले निर्वाचनमा नेकपा एमालेको विजयको आधार सुदृढ छन्,जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी छ ।
विजयका मुख्य आधार
राजनीतिक प्रतिवेदनको केही अंश
१.पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षा,
२. राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि गरेको असाधारण योगदान।
३. केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्त्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन,
४. स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका, स्थानीय स्वायत्त शासनको अवधारणा ९२०५४० र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका,
५. राज्यका हरेक अंगमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान,
६. नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका, स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद,
६. नेकपा एमाले नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान,
७. प्रत्येक पालिकामा आधारभूत अस्पताल प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडक लगायत कार्यक्रम,
८. तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई(मधेस समृद्धि कार्यक्रममार्फत गरिएको लगानी एवं सुनकोशी( मरिन र भेरी(बबई डाइभर्सन जस्ता रूपान्तरणकारी योजनाको थालनी,
९. एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरू,
१०. सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयासलाई निष्फल पार्न पार्टीको भूमिका,
११. पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्त्वपूर्ण काम,
१२. भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर(जनकपुर( कुर्था, पूर्व(पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्त्वका रणनीतिक योजनाहरूको थालनी,
१३. संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरू। मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानुनहरूको निर्माण।
१४. नेकपा ९एमाले० नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास । स्वास्थ्य बीमा, योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण कामहरूको थालनी।
१५. महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका,
१६. भूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता,
१७. सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता, आदि ।
प्रतिक्रिया दिनुहोस्