Ads

आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा


काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सरूवा गरेको छ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट उनीहरूलाई सुरूवा गरिएको हो।

बराल गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागमा सुरूवा भएका थिए। जिम्मेवारी लिएको दुई महिना नपुग्दै उनलाई त्यहाँबाट सरूवा गरिएको हो।

भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राइएको छ । सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । तर, उनीहरुलाई अर्थले भने अझै जिम्मेवारी तोकिसकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू