Ads

स्थानीय चुनावमा एमालेले नेताहरुलाई जिल्लादेखि घर धुरीसम्म खटाउने (हेर्नोस को कहाँ खट्नेछन् ?)


काठमाडौं । नेकपा एमालेले स्थानीय तहलाई मध्येनजर गरेर केन्द्रीय सदस्यहरुलाई जिल्लामा खटाउने भएको छ । एमालेले आफ्ना नेता कार्यकर्ताहरुलाई वडादेखि जिल्लाको नेतृत्व दिएर स्थानीय निर्वाचनमा खटाउने भएको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले को कहाँ खटिने भन्ने किटान गरेरै तोकेका छन् । जस अनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लाामा निर्वाचनमा केन्द्रित हुनुपर्नेछ ।

त्यस्तै प्रदेश कमिटीका सबै सदस्यहरु आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदिस्यहरु आफ्नो वडामा गएर खटिनुपर्नेछ ।

वडा कमिटीका सबै सदस्यहरु आफू रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने ओलीले जनाएका छन् ।

त्यस्तै विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मन्चहरुमा आबद्ध नेता कार्यकर्ता आ आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुनेछन् ।

यसरी खटिने छन् नेताहरु

केन्द्रीय कमिटी सदस्य – जिल्लामा
प्रदेश कमिटी सदस्य – पालिकामा
जिल्ला कमिटी सदस्य – वडामा
वडा कमिटी सदस्य – टोल टोलमा
टोल कमिटी सदस्य – घर धुरीहरुमा
सम्पर्क मन्च सदस्य – पालिकामा

 

Ads

सम्बन्धित पोष्टहरू