Ads

अनेरास्ववियू नेता रक्षा बम प्रहरी नियन्त्रणमा


काठमाडौं । नेकपा एमालको भातृ संगठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य राजमती उर्फ रक्षा बम पक्राउ परेका छन् ।

अनेरास्ववियूको स्थायी कमिटी सदस्यसमेत रहेका बमलाई महाराजगञ्ज प्रहरीले मंगलबार काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले उनलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जानकारी दिए । उनले बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जानकारी दिए । अधिकारीका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ ।

उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ । हालै अदालतले बमको मानहानि गरेको मुद्दामा रस्मिला धामी दोषी ठहर भएका थिए । बम पक्राउ परेपछि धामीले न्यायको लडाइँ जारी रहेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू