मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तर, प्रयत्नका बाबजुद अवसरको फाइदा उठाउन मुस्किल पर्ने समय परेकोले काममा विशेष सावधानी अपनाउनुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउने सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, सावधानी अपनाउनु हितकर हुनेछ । आजको दिन ब्यस्तताका साथै खर्च पनि बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । दाम्पत्य जीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जाला । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुने समय छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको सम्भावना छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । पढाइलेखाइमा प्रगति गर्न नसकिने समय छ । मिठो भोजन प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । विभिन्न सहयोग र उपहार पाइने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज स्वास्थ्यगत समस्याले भने सताउने देखिन्छ । आज अनावश्यक भ्रमण हुन सक्छ । उपचारमा खर्च हुने योग छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । तर उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिएला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विगतका समस्या बल्झिन सक्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापरेपनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । समयमा चिताएको काम सम्पादन नहुन सक्छ । मेहनतअनुसार फाइदा कमै होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामको चापबाट पनि फुर्सद पाइने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्