Ads

पर्यटनमन्त्री आलेद्धारा सलमान खानलाई सगरमाथा आरोहणका लागि निम्तो


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बलिउड सुपरस्टार सलमान खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका छन् ।

आज(बुधबार) सोल्टी होटलमा भएको भर्चुअल मिटिङमा मन्त्री आलेले खानलाई हेलिकप्टरमार्फत सगरमाथामा घुमाउने र सगरमाथा आधार शिविरमा ब्रेकफास्टका लागि लैजाने प्रस्ताव गरेका छन् । कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवर्द्धनका लागि उनले सगरमाथा आरोहणका लागि निम्दो दिएका हुन् । खानले उक्त प्रस्तावको सम्मान गर्दै सगरमाथा हारोहणका लागि प्रयास गर्ने पनि बताएका छन् ।

ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते खान नेपाल आउने लागेका हुन् । खानसँगै अभिनेत्री ज्याकलिन फर्नान्डिज, सोनाक्षी सिन्हा, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता आयुश शर्मा, मनिष पल, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू