Ads

तरुण दलको अध्यक्षमा विद्धान गुरुङ र नेविसंघमा डुजाङ शेर्पा मनोनीत


काठमाडौँ । नेपाल तरुण दलको अध्यक्षमा विद्धान गुरुङ मनोनीत भएका छन् भने नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा डुजाङ शेर्पा मनोनीत भएका छन् ।

आज(बुधबार) नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम गुरुङ्गलाई तरुण दल र शेर्पालाई नेविसंघको तदर्थ कार्यसमितिको अध्यक्षमा नियुक्त गरेका हुन् ।

गत फागुन ३ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू