Ads

बेँसीसहर–चामे सडक अवरुद्ध


लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एक मात्र यस सडकखण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका वडा नं ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए ।

पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू