Ads

महालेखा परीक्षकमा तोयम राया सिफारिस


काठमाण्डौ । महालेखा परीक्षकमा तोयम रायालाई संवैधानिक परिषद्ले सिफारिस गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई सिफारिस गरेको हो ।

पूर्वअर्थसचिव राया हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखा परीक्षक पद रिक्त रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू