Ads

२०८० चैत १९ गते सोमवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष ( इवाविवुवेवो )अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मिथुन ( काकिकुकेकोहा )आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

सिंह ( मामिमुमेमोटाटिटुटे )आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

कन्या ( टोपापिपुपेपो )आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। खानपिन प्रति सजग रहन बढी जरूरी छ ।

तुला ( रारिरुरेरोतातितुते )आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृश्चिक ( तोनानिनुनेनोयायियु )आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

धनु ( येयोभाभिभुधाफाढाभे )

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन ( दिदुदेदोचा, चि )आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू