काठमाडाैँ । रूसी सेनामा कार्यरत नेपालीका आफन्तले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।
रूसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार बिहान सिंहदरबार दक्षिण गेटअगाडि आफन्तले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा गर्ने क्रममा प्रहरीले धरपकडसमेत गरेको थियो । प्रहरीले १२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
रूसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग उनीहरूले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्