काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी निर्वाचित भएको छ । मंसिरमा प्रदेश सम्मेलन भएको थियो । प्रदेश सम्मेलन हलबाट अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी थिइन । तर अन्य पदाधिकारी भने निर्वाचित भएका थिएनन् । बुधबार भएको निर्वाचनबाट अन्य पदाधिकारी पनि चयन भएका छन् ।
जसमा निर्वाचनबाट तीनजना उपाध्यक्ष , सविच र तीन जना सहसचिव चयन गरेको छ । उपाध्यक्षमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्र शरण शर्मा रहेका छन् ।
त्यस्तै सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्