काठमाडौं । नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् । कैलालीमा प्रेस यूनियनले गरेको पत्रकार सम्मेलनमा राणा देउवाले उक्त कुरा बताएकी हुन् ।
उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धनसहित इलेक्सनमा जाने हो ।’
कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् ।
महामन्त्री गगन थापालगायतका नेताहरूले सार्वजनिक रुपमा गठबन्धन नहुने बताइरहेको सन्दर्भमा उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले असहमति राख्न पाइने तर गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको बताइन् ।
राजनीतिक परस्थिति त्यति सजिलो नभएकाले पनि गठबन्धन गरेर जानु पर्ने बताइन् । मिलेर जादा पनि सबैलाई फाइदा भएको दाबी गरीन् ।
राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्रनम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँबाट नलड्ने बताएकी छन् । उनले भनिन् , ‘म पहिले पनि यहीबाट चुनाव लडेकाले फेरि यहीबाट लड्छु । सर्लाहीका साथीहरूले पनि आऊ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ तर मैले ४–५ वर्षदेखि यही काम गरिरहेकाले कैलालीबाटै उम्मेदवारी दिन्छु ।’
उनी २०७४को निर्वाचनमा कैलाली क्षेत्र नं ५ मा एमालेका नारदमुनी रानासंग पराजित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्