Ads

ओलीद्धारा प्रदीप ज्ञवालीको पुस्तक ‘दिशाबोध’ विमोचन


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीद्वारा लिखित पुस्तक ‘दिशाबोध’ विमोचन गरिएको छ ।

पुस्तक एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गदै अध्यक्ष ओलीले ज्ञवालीले पुस्तकका माध्यमबाट एमालेको राजनीतिक दर्शन र गन्तव्यलाई साहित्यजस्तै सरल ढंगमा लेखेको बताए ।

‘गन्तव्य विनाको यात्रा घुमिफिरी रुम्जाटार हुन्छ । गन्तव्य कहिँ हुँदैन हिँड्ने मात्रै काम हुन्छ,’ उनले भने, ‘दिशाबोधमा नौ वटा विषयवस्तुमा आधारित रहेर नेकपा एमालेको गन्तव्य प्रष्टरूपमा उल्लेख गरिएको छ ।’

अध्यक्ष ओलीले एमालेले लिएको लिएको समाजवाद हुँदै साम्यवादको बाटो र अहिलेको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ को गन्तव्य पुस्तकले प्रष्ट्याउन खोजेको बताए ।

‘पुस्तकमा समाजवादको बाटोमा अघि बढ्न कस्ता नीति, कस्ता कार्यक्रम कस्ता क्षेत्रमा बजेट र योजनाको आवश्यकता छ ? भन्नेदेखि लिएर आजको समसायिक परिस्थितिको यथार्थता चित्रण गरेको छ,’ उनले भने,‘यसले समाजवादको आधार तय गर्दा इँटा थप्ने काम गरेको छ ।’

पुस्तक सबै नेता कार्यकर्तालाई पढ्न आग्रह गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू