Ads

अहिलेको तमासाबाट समाजवाद आउनेवाला छैन : उपेन्द्र यादव


काठमाडाैँ ।काठमाडौँ । उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादको संसारमा कुनै एउटा मोडालिटी नभएकोले त्यसलाई कपी गरेर अर्को देशमा लागू गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

मंगलबार काठमाडौं समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गरे ।

उनले अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताए । उनले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको बताए । उनले समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताए ।

उनले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने बताए । उनले नेपालको संघीयता संघीयता जस्तो मात्रै भएको तर कुरुप रहेको बताए ।

अध्यक्ष यादवले सामाजिक न्यायबिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे । उनले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू