मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । अध्ययनमा राम्रो प्रगति हुनेछ । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । रोकिएका काम बन्ने समय छ, हिम्मतले काम लिनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँट साहस पराक्रम बढ्ने, बौद्धिकता र रचनात्मकता वृद्धि हुने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । यात्रा सफल रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मत कायम राख्न सक्दा अप्ठ्यारो काम पनि बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । आज अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको गाँठो कसिनेछ भने दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर मिल्ला । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत वृद्धि होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विशेष उपलब्धि हात पार्न सकिने कर्मको योग छ । गुरुजनको सहयोग जुट्ला । व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । तर आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने योग छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन पनि सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । आय र यशवर्चश्व अनि कर्मबल बढ्ने समय छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय केही चुनौतीयुक्त छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ ।
प्रतिक्रिया दिनुहोस्