Ads

एमाले स्थानीय तहका उम्मेदवारको सिफारिस चैत मसान्तभित्र गर्ने


काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारको सिफरिस चैत मसान्तभित्र गर्ने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा उम्मेदावारको सिफरिस चैत मसान्तभित्र गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने छ ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ढिलोमा चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले जित्ने भने यो निर्वाचन सफल नहुने र कर्मकाण्डमा सीमित हुने भन्दै सबै एउटै संकल्प र अठोटका साथ जानुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू