Ads

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् ।

बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री एमालेले पाएपछि उनले राजीनामा दिएका हुन् । उनले प्रदेशसभामा विश्वासको मत लिएर मात्रै पद छाड्ने अडान लिएका थिए । तर, त्यसअघि नै पद छाडेका हुन् ।

“विश्वासको मत लिने कुरा थियो । बदलिएको परिवेशअनुसार विश्वासको मत लिन गइरहेको छैन,” उनले प्रदेशसभा बैठकमा राजीनामा दिँदै भने, “पछिल्लो राजनीतिक परिस्थितिमा कर्णालीको मुख्यमन्त्रीमा रहीरहन उपयुक्त नदेखिएपछि पदबाट राजीनामा दिने निर्णय गरेको कुरा जानकारी गराउँदछु ।” उनी ०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू