Ads

एमालेले उम्मेदवार छान्न तय गर्‍यो ६ मापदण्ड


काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्न ६ मापदण्ड तय गरेको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने छ । स्थानीय तहको निर्वाचनको उम्मेदावार चयनको लागि केन्द्रीय कमिटीले ६ वटा मापदण्ड तय गरेको हो।

मापदण्डमा पहिलो पार्टी नीति र कार्यक्रप्रतिको प्रतबद्धता, दोस्रो निर्वाचित जनप्रतिनिधिको मूल्यांकन, तेस्रो लोकप्रियता र विजयप्रतिको सुनिश्चितता, चौथो आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, पाँचौं कार्य क्षमता विकास र सुशासनप्रतिको दृष्टिकोण र छैटौं सन्तुलन र समावेशिता रहेका छन्।

उम्मेदवार सिफारिसको मापदण्ड पनि तय भएको छ । मेयर र उमपेयर , अध्यक्ष र उपाध्यक्ष सम्मबन्धित कमिटीले जिल्ला सिफारिस गर्ने र प्रदेश निर्णय गर्नेछ भने उपहमहानगर र महानगरको सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने छ।

वडाअध्यक्षको हकमा वडा कमिटी, गाउँ वा नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ।

 

Ads

सम्बन्धित पोष्टहरू