काठमाण्डौ । सरकारले बैशाख ३० गतेका लागि स्थानीयतहको निर्वाचनको मिति घोषणा गरेसंगै राजनीतिक दलहरुको दौडधुप बढिरहेको छ । देशभर राजनीतिक गतिविधि बढिरहेका छन् भने दलहरुको सक्रियता पनि बढेको छ ।
राजनीतिक वहस र छलफल पनि बढिरहेका छन् । दलका शिर्ष नेताहरु स्थानीयतह र प्रदेशमा पुगेर पार्टी प्रवेश देखी सभा, सम्मेलन, गोष्ठि र सेमिनारसम्म सहभागि हुन थालेका छन् ।
स्थानियहतको निर्वाचन भएको ५ वर्षमा निर्वाचित जनप्रतिनिधिले आफुले गरेका प्रतिवद्धता र पुरा भएका कामको फेहरिस्त सुनाउन व्यस्त छन् भन् उम्मेद्वारका आकांक्षीहरु आफ्ना योजना भन्न र बनाउन व्यस्त छन् ।
कतिपय स्थानीयनेताहरुले आफ्नो पार्टीका शिर्ष नेताहरुलाई उपस्थित गराएर आफ्ना प्रतिवद्धता, योजना र उपब्धि सुनाउन थालिसकेका छन् । यस कार्यमा नेकपा एमाले सबैभन्दा अगाडि देखिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले केन्द्रदेखी गाउँतहसम्मका कार्यक्रममा सहभागि हुँदै आउनुभएको छ । उहाँले एमाले नेतृत्वको सरकारले गरेका काम, उपलब्धि र आगामी योजनकाबारेमा मतदालाई स्पष्टसंग बुझाउन देशव्यापी रुपमा कार्यक्रममा सहभागि भईरहनुभएको छ ।
यसैगरी एमालेका दोस्रो तहका नेताहरुपनि अहिले चुनावी माहोल बनाउन केन्द्रदेखी गाउँतहसम्म पुगिरहनुभएको छ । एमालको भर्खर सम्पन्न केन्द्रीय कमिटी बैठकले महासचिव शंकर पोख्रेलको नेतृत्वमा चुनावी घोषणापत्र तयारी समिति नै निर्माण गरेर काम अगाडि बढाएको छ ।
यसैगरी माओवादी केन्द्रले पनि आफ्नो काम र कार्यक्रमलाई चुनाव केन्द्रीत गरिसकेको छ । यसैगरी सरकारमा रहेको दल नेपाली काँग्रेसले पनि चुनावी माहोललाई अगाडि बढाउन विभिन्न कार्यक्रम अगाडि सारेको छ ।
अन्य दलहरुले पनि स्थानीयत निर्वाचन, प्रदेश र संघीय निर्वाचनलाई केन्द्रीत गरेर अहिले विभिन्न कार्यक्रम सुरु गरिसकेका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन् । मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जान लागेका हुन ।
त्रियुगाा नपा १०मा स्थपना भएको आँखा अस्पतालको दिउसो १२.३० अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए। अस्पताल ३० बेडको छ ।
उदयपुरमै आज एमालेले बृहत्त जनसभाको पनि आयोजना गरेको छ । सो जनसभामा अधयक्ष ओलीले विभिन्न पार्टी त्यागेका कम्तीमा १ हजार ५ सय जना भन्दा बढी कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।
नेताहरुको दौडधुप, पार्टी प्रवेश र कार्यक्रमहरुले कोर कार्यकर्तामा थप उर्जा थप्ने देखिन्छ । विपक्षी दलका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टी प्रति आकर्षण गर्न र मझधारमा रहेका मतदातालाई आफुप्रति सकारात्मक बनाउन पनि यस्ता कार्यक्रमले धेरै सहयोग पुग्ने देखिन्छ ।
पछिल्लो समय शिक्षीत मतदाताको संख्या पनि बढ्दै गएका कारण पार्टीका एजेण्डा र कार्यक्रमहरु धेरैको बीचमा भन्दा सोही अनुसार सकारात्मक प्रभाव पर्दै जाने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्