काठमाण्डौ – फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७८औँ स्थानमा छ । नेपाल गएको फ्रेबुअरीमा एक सय ७५औँ स्थानमा थियो । वरियतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष र उपविजेता फ्रान्स दोस्रो स्थानमा यथावत् छ ।
फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब प्रदर्शन गरेपछि नेपालको वरीयता खस्किएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरणमा समूह ुएचु मा रहेको नेपालले बहराइनसँग दुई वटा खेल खेलेको थियो । बहराइनमै भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।
फिफाको नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । वरीयताको दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा इङ्ग्ल्यान्ड र पाँचौँ स्थानमा ब्राजिल छन् । यसैगरी पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, इटाली र क्रोएसिया शीर्ष १० मा छन् ।
प्रतिक्रिया दिनुहोस्