Ads

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस


काठमाडाैँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।

उनले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

सत्तारुढ दलहरुले जोखबहादुरको नेतृत्वमा नयाँ सरकार गठनका लागि एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन्।

अब प्रदेश प्रमुखले महरालाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक गुनाराम घिमिरेले नयाँ मुख्यमन्त्रीका लागि दाबी आइसकेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू