Ads

राजमार्ग जोखिमपूर्ण,आयात निर्यातमा कठिनाई


सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानी जोड्ने प्रमुख मार्ग कोदारी राजमार्ग जोखिमपूर्ण बन्दै गए पछि आयात निर्यात जोखिमपूर्ण बनेको छ । यस सडकका विभिन्न ठाउँमा बाढीपहिरोले क्षति पुगेको छ भने सडक र बेलिब्रिज जीर्ण बन्दा बाह्रबिसेदेखि सीमा क्षेत्र मा थप जोखिम बढेको हो । लिपिङसम्मको २६ किलोमिटरको कोदारी राजमार्ग जोखिमपूर्ण बन्दै जाँदा थप समस्या भएको हो ।

जीर्ण बनेको सडक र बेलिब्रिज मर्मत नहुँदा यो मार्ग भएर नेपाल भित्रने कन्टेनर र अन्य सवारीसाधनले सास्ती खेप्नु परेको छ ।

२६ किलोमिटर सडक कम्तीमा दुई दर्जनभन्दा बढी ठाउँमा बिग्रिएको छ । कतै पहिरो त कतै ठुल्ठुला खाल्डाखुल्डी । सडक र भौतिक पूर्वाधारको अवस्था अत्यन्तै कमजोर छ । चीनबाट आयात भएको स्वास्थ्य उपकरण, स्याउ, लसुन र हाइड्रोपावरका सामग्री बोकेर भन्सारबाट राजधानी हिँडेका कन्टेनरहरू अत्यन्त जोखिमपूर्ण ढंगबाट गन्तव्यसम्म पुग्ने गरेका छन् । यस अवस्थालाई मध्यनजर गर्दै सडक मर्मतका लागि चीन सरकार र नेपाल सरकारसँग जिल्ला सुरक्षा समितिले पहल गर्दै आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य बताउँछन् ।

बाह्रबिसेको साधी खोलादेखि लार्चासम्म ५ वटा अस्थायी पुलकै भरमा नाका सञ्चालनमा ल्याएको छ । कोदारी राजमार्गमा चिनियाँ ठेकेदार निर्माण कम्पनी रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले २०७३ देखि हालसम्म स्तरोन्नतिको काम गरिरहेको छ । तर सडक अवस्थामा सुधार आउन सकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू