धरान । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् ।
हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।
प्रतिक्रिया दिनुहोस्