गोरखा एक्सप्रेस साप्ताहिकको आयोजनामा साहित्यकार तुलसी दिवस, उक्त साप्ताहिकका सम्पादक राजन कार्की, राजनीतिक विष्लेषक सुरेन्द्र केसी र लेखक तथा अन्वेशक डा प्रेमसिंह बस्नेतले संयुक्त रूपमा प्रस्तक सार्वजनिक गर्नुभएको हो । लेखक तथा सीमाविद् श्रेष्ठले उक्त पुस्तक भारतले नेपालको सीमा क्षेत्र मिचेको प्रमाणसहितको दस्तावेज भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो पुस्तकमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा सोह्रैआना नेपालको हो भन्ने ९० वटा नक्सासहितको प्रमाण पेश गरेको छु ।” उहाँका अनुसार पुस्तकमा लिम्पियाधुरा शिर भएर बग्ने काली नै सीमाना हो भन्ने कुरा तत्थहरूबाट स्पष्ट हुने बताउनुभयो । भारतले सन् १९६२ मा चीनसँगको युद्धका बेला ओगटेको र सोही समयदेखि अहिलेसम्म नछाडेको उहाँले बताउनुभयो ।
सो क्षेत्रमा ३७२ वर्ग किलोमिटर नेपालको भूभाग मिचिएको छ । नेपालको सबैभन्दा बढी क्षेत्रफल मिचिएको र पेचिलो बनेको विषय यही हो गत वर्ष सरकारले सो भूभाग समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो । यस्तै अर्को सीमा विवाद नवलपरासीको सुस्तामा छ । त्यहाँ १४५ वर्ष किलोमिटर नेपालको भूभाग मिचिएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यी दुई ठाउँँसहित नेपालका ७१ स्थानमा भारतसँगको सीमा विवाद रहेको र चीनसँग पनि यदाकदा विवाद आएको बताउनुभयो ।
उहाँले यस समस्याको समाधानको अचुक उपाए भनेको छलफलद्वारा निकास निकाल्ने नै हो भन्नुभयो । उहाँले वार्ताबाट नमिले तेस्रो पक्षको मध्यस्थता स्वीकार गर्नुपर्ने नभए संयुक्त राष्ट्र सङ्घ या अन्तर्राष्ट्रिय अदालतबाट छिनोफानो गर्नुपर्ने कुरा पुस्तकमार्फ सुझाएको बताउनुभयो । तर नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिनुपर्नेमा उहाँको जोड थियो । यही पुस्तकको आधारमा भारतसँग वार्ता गर्ने हो भने भारतीय सेना हटाउन सकिने लेखक श्रेष्ठको दाबी छ । लेखक तथा अन्वेशक डा प्रेमसिंह वस्नेतले एमसिसीका कारण नेपालको सीमा क्षेत्रको अतिक्रमण ओझेलमा परेको भन्दै मौसमी विरोधको अवस्थाले नेपाल कमजोर बनेको बताउनुभयो ।
उहाँले भारतीय सेनाका अधिकारीहरू नेपालको मानार्थ उपाधि लिएर पनि सीमाको विषयमा भारतको वकालत गरिरहेका तर नेपाली सेनाले आफ्नो पक्षबाट सीमाको विषयमा नबोल्नु विडम्बना भएको बताउनुभयो । उहाँले श्रेष्ठको पुस्तकमा नेपाल सरकारका लागि एउटा गीता भएको उल्लेख गर्दै पढ्दै गर्दा छिमेकी राष्ट्रले सबै क्षेत्रमा सीमा मिचेकै हो भन्न प्रमाणित हुने गरी लेखिएको बताउनुभयो । नेपालको सीमा क्षेत्र चीनसँग जोसिडएको एक हजार ४३९ किलोमिटर लामो छ भने भारतसँग एक हजार ८८० किलोमिटर लामो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्