Ads

राष्ट्रिय सभा उपाध्यक्षमा विष्णु र विमलाले गराए उम्मेदवारी दर्ता


काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन भने बुधबार हुनेछ ।

उम्मेदवारी दर्तापछि घिमिरेले आफू उपाध्यक्षमा निर्वाचित हुनेमा ढुक्क रहेको बताइन् ।

घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की रहेका छन् । त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । मतदान भने चैत २८ गते हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू