Ads

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त


काठमाडाैँ । कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कँडेललाई मुख्यमन्त्री बनाउन एमालेसहित नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन्।

सत्ता गठबन्धनमा कर्णालीको मुख्यमन्त्री एमालेले लिने सहमति भएको थियो। सोहीअनुसार यसअघिका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए। शर्मा माओवादी केन्द्र संसदीय दल नेता हुन्।

एमाले स्थायी कमिटी सदस्य कँडेल २०७४ सालदेखि निरन्तर प्रदेश सभामा छन्। २०७४ मै मुख्यमन्त्री बन्ने तयारीसाथ उनी प्रदेश सभा सदस्य बनेका थिए। तर भागबन्डामा कहिले माओवादी त कहिले नेपाली कांग्रेसबाट कर्णालीको मुख्यमन्त्री हुँदा कँडेल रोकिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू