काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।
आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल झाले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको झाले बताए । दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्