मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएको काम छ भने पुनः प्रयास गर्दा सफलता मिल्ने समय छ । नयाँ योजना बन्नेछन्, पुरानो समस्या सुल्झाउन सकिनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विभिन्न अवसरले पछ्याउने समय छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्यको लागि आजको दिन खानपानमा विशेष सावधानी अपनाउनुहोला । सकारात्मक कर्ममा आकर्षण बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ, सावधान रहनुहोला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग रहेकोले अर्काको भर नपर्नु नै हितकर होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । व्यावसायिक आम्दानी बढ्नेछ भने पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ । अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी पुऱ्याउन सक्छ, सावधान रहनुहोस् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नाम, दाम र इनाम कमाउने समय छ । सोचेको काम विस्तारै बन्नेछ । स्वास्थ्य भने सामान्य रूपले कमजोर रहला । कतिपय काम स्थगित हुनाले मन खिन्न भए पनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिष्ठित कामको जिम्मेवारी मिल्ने समय छ । भूमि वा पैत्रिक सम्पत्तिमा भने विवाद आउन सक्छ । घरेलु समस्याले काममा सामान्य बाधा दिन सक्छ, सावधनीपूर्वक काम गर्नुहोला । अर्थ अभावले योजना स्थगित हुन सक्ने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्तिए पनि इच्छाशक्ति एवं मेहनतले फाइदा नै दिलाउनेछ । प्रतिस्पर्धाको दौडमा विजयी बन्ने योग छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठको योग छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्