चितवन । चितवनको सबैभन्दा बढी मतदाता भएको भरतपुर महानगरपालिका-११ को लामा टोलका अधिकांश स्थानीय एमालेमा प्रवेश गरेका छन् ।
भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेवाट शुरु गरेको घरदैलो अभियानको शनिबार गरिएको समापन कार्यक्रममा सो टोलबाट करीव १ सय जना एमालेमा प्रवेश गरेका हुन् ।
सोही टोलकी ९७ वर्षीया वृद्धा लालमति लामाको नेतृत्वमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए। प्रवेशपछि लालमति लामाले प्रतिक्रिया दिदै आफू यतिका वर्ष निरन्तर कांग्रेसलाई भोट दिदै आएपनि देशका लागि परिवर्तन गर्ने एमाले मात्र रहेको, वृद्दवृद्दा हेरचाह गर्ने पार्टी एमाले भएकाले अब वाँकी जीवन एमालेलाई समर्पित गर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्