काठमाडौं । जावलाखेलको मैदानमा २३ औँ पुष्प मेला जारी छ । बिहीबारदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सुरु भएको २३औँ पुष्प मेला आइतबारसम्म चल्नेछ ।
चार दिनसम्म चल्ने उक्त मेला अफिसियल स्टल चार वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुई वटा र व्यवसायिक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल रहेको एशोसिएसनले जनाएको छ ।
मेलामा मौसमी फूल, आलंकारिक बोट बिरूवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि, आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्