Ads

उमेरहदका कारण एमालेबाट विदा भए  चार नेता 


काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट उमेरहदका कारण चारजना पुराना नेताहरू पार्टीबाट बाहिरिएका छन् ।
एमालेको विधानमा ७० बर्षे उमेरहद तोकेको छ । महाधिवेशन हुदा ७० बर्ष उमेर पुगेका कारण एमालेका चार जना केन्द्रीय सदस्यहरु पार्टीबाट बाहिरीएका छन् ।

बाहिरिनेमा अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा, केन्द्रीय सदस्यत तथा बागमति प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र पूर्व चिनियाँ राजदूत महेन्द्रबहादुर पाण्डे रहेका छन् ।

एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गरेको छ।

बोहरा ७३ वर्ष पुगेका छन् । यसैगरी मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेका छन् । पाण्डेलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।

उमेरहदका कारण पार्टी नेतृत्वबाट बाहिरिएका नेताहरु सल्लाहकार र अन्य मञ्चमा बसेर पार्टी काम गर्न पाउने छन् । एमालेमा बसेर सक्रिय राजनीतमा भने भाग लिन पाउने छैनन् ।

 

Ads

सम्बन्धित पोष्टहरू