काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न आफ्ना नेता कार्यकर्ताहरुलाई सचेत गराएका छन् ।
देउवाले माओवादीलाई गठबन्धन गरेर नलाने हो प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने बताए । देउवाले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको बताए ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवा गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोशित बने ।
सभापति देउवाले भने–गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ,केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।
देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेको दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्