Ads

प्रधानमन्त्रीसँग भेटेपछि ओलीले भने– कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको जानकारी दिए ।

“अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” उनले सञ्चारकर्मीसँग भने, “कांग्रेसले चल्न नदिएर ।” संसद्मा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राख्दै कांग्रेसले सदन अवरोध गर्दै आएको छ । आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले सदन अधिवेशनको अन्त्यबारे निर्णय लिन सक्ने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू