काठमाडाैँ । सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को बैठकले उक्त सिफारिस गरेको हो। सिफारिस समितिले दुवै आयोगका अध्यक्ष एवं सदस्यहरू सिफारिस गर्नेछ।
सिफारिस समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन्।
प्रतिक्रिया दिनुहोस्