Ads

देशमा राजतन्त्र फर्काउने कुरा असम्भव जस्तो लाग्छः सभापति देउवा


काठमाडाैं । नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने विषय असम्भव रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताए ।

देउवाले विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए ।

उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरू सबै मरे । अर्को राजा आएपछि त झन् ऊचाहिँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुपर्‍यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दै छन् । राजातन्त्र फर्किन्छ भन्ने होइन ।

यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भने पनि सुधार गरेर जाऔँ । तर, अब राजा फर्काउने कुरा असम्भव देख्छु मैले ।’

Ads

सम्बन्धित पोष्टहरू