काठमाण्डौ । मदन भण्डारी स्पोर्टस एकेडेमी अहिले देशब्यापी संगठन बिस्तार र खेल शिक्षा अभियानमा सकृय रहेको केन्द्रिय अध्यक्ष ध्रुब आचार्यले बताउनु भएको छ ।
त्यसका लागि एकेडेमीको नेतृत्व र त्यसका अगुवाहरु देश दौडाहामा छन् ।
सो क्रममा शनिबार नवलपरासी पश्चिमको सुस्ता प्रतापपुर गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ गाउँ र घरघरसम्म खेल र खेल शिक्षा लैजाने अभियान अन्तर्गत भएको भेलाले सरोज शाहीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरेको छ ।
राजेश थापा(प्रदिप)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी,मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश कुमार शिलवालले खेलकुदका माध्ययमबाट स्वास्थ्यदेखि राष्ट्रियतासम्मको रक्षा गर्न सकिने चर्चा गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा एकेडमीका केन्द्रीय अध्यक्ष ध्रुब आचार्यले केन्द्रदेखि घरघरसम्म खेल अभियान र खेल शिक्षा पुर्याउने अभियानलाई तीब्र पारिएको बताउनुभयो ।
सो अवसरमा एकेडेमीका केन्द्रीय सदस्यहरु डा.सुवास चौधरी,विनोद आचार्य, निर्वाचन मण्डलका अध्यक्ष नन्दु काउचा लगायतले एकेडेमीको अभियानबारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको एकेडेमीले जनाएको छ ।
हेर्नोस तस्बीरहरु ।
प्रतिक्रिया दिनुहोस्