Ads

लालबाबु पण्डितले छोडे एमाले


काठमाडौं । एमालेका नेता लालबाबु पण्डितले दशौं महाधिवेशनबाट एमाले पार्टी छोडेका छन् । पण्डितले सामाजिक सञ्जालमा लेख्दै आफू कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।

उनले एमालेको १०औं महाधिवेशनबाट पाएको केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेका छन् । पदाधिकारीको दाबी गरिरहेका पण्डितलाई केपी ओलीले केन्द्रीय सदस्य पदमात्रै दिएपछि असन्तुष्टि जनाउँदै कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका हुन् ।

पण्डितले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

 

Ads

सम्बन्धित पोष्टहरू